राष्ट्रिय स्वतन्त्र पार्टीले निर्माणाधीन योजनाहरुमा शुरु गरेको दबाब यात्रा नुवाकोटमा पनि हुने भएको छ।
राष्ट्रिय स्तरका निर्माणाधीन आयोजनाहरु समयमै नसकेको कारण जनताले सास्ती भोग्न परेको तथा अरबौ खर्च बढिरहेको भन्दै छिटो निर्माण सकाउन दबाब स्वरुप पार्टीले देशव्यापी पैदल यात्रा शुरु गरिएको हो।
निर्माण कार्य अति नै सुस्त भएका कारण काठमान्डू जोड्ने नुवाकोटको पासाङ्ग ल्हामु सडक खण्डमा पनि रास्वपाकी साम्सद सुमना श्रेष्ठको नेतृत्वमा दब्बाब दिन पैदल यात्रा हुने भएको छ।
पैदल यात्रा आगामी चैत्र ९ र १० गते काठमान्डूको बालाजु देखि मुडखु भन्ज्यांग,तिनपिप्ले,रानीपौवा,पिपलटार,त्रिशुली हुदै रसुवागडी सडक सम्म हुनेछ। यात्रामा नुवाकोट बासि शुभचिन्तक सबैलाई सहभागी हुन पार्टीले आब्हान समेत गरेको छ।
संसद सुमनाले आफ्नो यस यात्रालाई अझै बढी प्रभाबकारी र निचोड निकाल्न यात्रासगै सम्बन्धित विज्ञहरुको सहयोग समेत मागेकी छिन।
श्रेष्ठले सिभिल इन्जिनियरिङ, निर्माण सम्बन्धी कानुन, हाइवे इन्जिनियरिङ, अन्तर्राष्ट्रिय सम्बन्ध, पत्रकारिता, जनस्वास्थ्य वा परियोजना व्यवस्थापनका विशेषज्ञहरुको नीतिगत सहयोगको अपिल समेत गरेकी छिन।