नुवाकोट तारकेस्वर गाउपालिका २ निवासी केशब अधिकारिले फेरी अर्को एक विद्यालयका विध्यार्थिहरुलाई विद्यालय सामाग्रीहरु दिएर सहयोग गरेका छन्।
अधिकारीले हिजो तारकेस्वर गाउपालिका वार्ड नं ६ मा रहेको श्री बागेश्वरी आ. वि.मा अध्ययनरत असाहय र जेहेन्दार विध्यार्थिहरुलाई सहयोग गरेका हुन्।
उनले ति विध्यार्थिहरुलाई स्कुल ब्याग ,स्टेशनरीका सामाग्रीहरु उपलब्ध गराई सहयोग गरेका हुन। यसको संयोजन भने पालिकाका रास्वपा सभापति ईश्वर अर्यालले गरेका थिए। अधिकारीले यस अघि पनि सोहि पालिकाको एक विद्यालयका असाहय विध्यार्थिहरुलाई बिभिन्न सामाग्री उपलब्ध गराई सहयोग गरेका थिए।
अधिकारि लामो समय विदेश बसाइ पछि नेपाल फर्केर देश रुपान्तरणको अभियानमा छन्। उनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्द भएर तारकेस्वरलाई बैकल्पिक राजनीति नेतृत्व दिन पछिलो समय सक्रिय छन्।