राजधानीको भृकुटीमण्डपमा सातौ मेडिकल तथा ल्याब एक्स्पो सम्पन्न भएको छ। हरेक वर्ष आयोजना हुने मेडिकल एक्स्पो ३ दिन सम्म चलेर गत शनिबार सकिएको हो।
एक्स्पोमा नेपाल भारत लगायतका ३०० भन्दा बढी मेडिकलका उत्पादक तथा वितरकहरुको सहभागिता रहेको थियो।
एक्सपोको उद्घाटन गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए,भने उद्घाटनमा उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायत बिभिन्न क्षेत्रका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो।



एक्स्पो अवलोकनमा आउने करिब ८०० जना नागरिकलाई मेडिकल ब्यबसायी सुदिप घिमिरेले नि शुल्क सुगर र प्रेसरको जाच गरेका थिए।सानै उमेरमा मेडिकल व्यवसायमा सफल युवा घिमिरेले यस्ता धेरै जसो बिभिन्न सभा समारोहहरुमा नि: शुल्क स्वास्थ्य सेवाहरु जनता माझ पुर्याउदै आएका समाजसेवी हुन्।
आगामी दिनहरुमा पनि जनता माझ यसै गरि सेवा गर्न लागि पर्ने घिमिरेले बताए। घिमिरे रास्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका सक्रिय नेता समेत हुन्। उनि अहिले पार्टीको बागमती प्रदेश अन्तर्गत बिधान मन्थन विभागका सदस्य छन्।