मधेशका पालिकारुमा जानै चाहदैनन् प्रमुख प्रशासकीय अधिकृतहरु

Facebook
Twitter
WhatsApp

मधेश प्रदेशका धेरै जसो पालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको पाइएको छ ।

शाखा अधिकृतको दरबन्दी रहेको ठाउँमा नायब सुब्बाले नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिरहेका छन् । मधेश प्रदेशमा जम्मा १३६ वटा स्थानीय तह रहेका छन् ।

तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ वटा गाउँपालिका रहेको यस प्रदेशमा तीन उपमहानगरपालिकामा उपसचिव, ७३ नगरपालिका मध्ये ५५ मा शाखा अधिकृत र ५९ गाउँपालिकामध्ये २० वटामा सुब्बाले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिरहेको समान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

निमित्त हाकिमले पालिकाको कार्य संचालन गर्दा कामकाज निकै प्रभावित भएका छन् । किनकी पालिका सञ्चालनमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका मुख्य रहन्छ । स्थानीय तहमा विकास निर्माणका लागि आवश्यक बजेट, ठेक्का प्रणाली लगायतका विषय प्रमुख प्रशासकीय अधिकृतको कार्यक्षेत्र भित्र पर्छ । योसँगै पालिका अन्तर्गतका कर्मचारी र विद्यालयको तलब निकासा अधिकृतले नै गर्छन् ।

पालिकाहरूमा यति धेरै निमित्त प्रमुख प्रशासकीय अधिकृत रहँदा किन पदपूर्ति हुन नसकेको भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमल प्रसाद भट्टराई भन्छन्, ‘पालिकामा दरबन्दी पूर्ति हुन नसक्नुको प्रमुख कारणमा कर्मचारीहरू नै जान नचाहनु हो ।

’पालिकाहरूमा जनप्रतिनिधिले कर्मचारीप्रति गर्ने व्यवहार राम्रो पाइदैन। त्यसैले पनि प्रमुख प्रशासकीय अधिकृत टिक्ने सकेको देखिदैन। ‘जनप्रतिनिधिले सकेसम्म आफूले रुचाएको र निमित्त नै राख्न खोज्ने प्रवृत्ति । अर्कोतिर काम गरिरहँदा कर्मचारीहरूमाथि कुटपिट र दुर्व्यवहारका गर्ने जनप्रतिनिधिको हर्कतका कारण पनि अधिकृतहरु सकेसम्म जान रुचाउँदैनन् ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top