किस्पाङ्गमा आफ्नै छोराद्वारा बुबाको हत्या

Facebook
Twitter
WhatsApp

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका वडा न ५ मा आफ्नै छोराले एक बुवाको हत्या गरेका छन् ।

गाउँपालिका वडा नम्बर ५ पोखरीस्थित आफ्नै घरमा गत शुक्रवार राती १७ वर्षिय छोराले ५५ वर्षीय बुवा भरत बहादुर नेपालिको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्रवहादुर खड्काका अनुसार शनिवार जिल्ला प्रहरी कार्यालयले अभियुत्त छोरालाई पक्राउ गरेको जानकारी दिए । प्रहरीका अनुसार बाउ छोरा बिच भएको बिबाद बढ्दै जाँदा मदिरा सेवन गरेका छोराले ढोकामा लाउने आग्लोले टाउकोमा प्रहार हत्या गरेको बुझिएको छ ।

उनकी श्रीमतिलाई समेत अनुसन्धानका लागि प्रहरीले पक्राउ गरि मुलुकी अपराध संहिता २०७४ ज्यान सम्बन्धि कसूरमा अनुसंधान गर्न जिल्ला अदालत नुवाकोटबाट ५ दिन म्याद लिइ अनुसन्धान थालेको छ ।

मृतक नेपालीको शव त्रिशुली अस्पतालमा पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top