काठमाडौँ । ६0 किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका पूर्वआइजीपी धिरज प्रताप सिंहको पनि संलग्नता पुष्टि भएको छ । सुन तस्करी छानबिन गर्न गठित आयोगले गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा सिंहलाई कारबाही गर्न सिफारिस गरिएको हो ।
उनको सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङसँग नियमित सम्पर्कमा रहेको खुलेको छ । सुन तस्करीमा संलग्न दोषीबारेको विभिन्न ७ फरक विधामा गरिएको वर्गीकरणमा सिंहको नाम पनि प्रतिबेदनमा सिफारिस गरिएको छ । ’