सुन तस्करको प्रमाण मेटाएको आरोपमा सिआइबि प्रमुख हटाउदै गृहमन्त्रालय

Facebook
Twitter
WhatsApp

काठमाडौँ । सुन तस्करी सम्बन्धी अनुसन्धानमा प्रमाण मेटाउन भूमिका खेलेको भेटिएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीकी प्रमुख एआइजी किरण बज्राचार्यलाई हटाउने तयारी भएको छ ।

सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले गरेको अनुसन्धानका क्रममा ६० किलो सुन तस्करीको अनुसन्धानमा सीआईबीले गम्भिर लापरवाही गरेको उल्लेख गरेको गृहमन्त्री रवि लामिछानेले बताए ।

लामिछानेले बताए अनुसार जो माथि अनुसन्धान गर्नु पर्ने उनीहरुलाई अनुसन्धान नै नगरी प्रमाण समेत नष्ट गर्न सीआइबीले भूमिका खेलेको देखिएको छ ।

सुन तस्करी नाइके दावा छिरिङसँग सम्बन्ध देखिएका जीवन चलाउने र चलाउनेसँग सम्बन्ध देखिएका पूर्व प्रहरी प्रमुखहरुलाई जोगाउन सीआइबीका अधिकारीहरूले प्रमाण नष्ट गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सुन तस्करीमा सुरक्षा निकाय र राजनीतिक व्यक्तिहरुसँग सेटिङ मिलाएका देखिएको चलाउनेलाई अनुसन्धान अधिकारीहरुले नै भगाएको प्रमाण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा सीआइबीका अन्य केहि अधिकारीहरुको समेत तस्करहरुसँग सम्बन्ध रहेको उल्लेख गरिएको छ । यस विषयमा प्रतिवेदन प्राप्त हुँदासाथ प्रहरी प्रमुखलाई जानकारी गराइ आवश्यक कारवाही अघि बढाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top