हमास विद्रोहीको आक्रमणमा मृत्यु भएका १० नेपाली विद्यार्थीहरुको परिवारलाई इजरायल सरकारले आजीवन भत्ता दिने निर्णय गरेको छ ।
विद्रोही हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई पनि भत्ता दिने इजरायल सरकारको निर्णय छ ।नेपालका लागि इजरायलका राजदूत हनान गोदरले मृतकका परिवारलाई इजरायली सरकारले आजीवन भत्ता दिने लागेको बताएका छन् ।
गत अक्टोबर ७ मा विद्रोही हमासको आक्रमणद्वारा इजरायलमा कृषि बढ्न गएका विद्यार्थीहरुको मृत्यु भएको थियो । मृत्यु हुनेहहरुमा घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट, सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी रहेका छन् ।