काठमाडौं : अभिनेत्री नीति शाह ब्राडफोड ग्लोबल इजुकेशनल कन्सलटेन्सी’को ब्रान्ड एम्बेस्डर बनेकी छन्। कन्सल्टेन्सीका निर्देशक पवन बिष्ट ले अभिनेत्री नीतिलाइ आइतबार आफ्नो कम्पनीमा अनुबन्धित गराएका हुन्।
ब्रान्ड एम्बेस्डर नियुक्त भएपछि नीतिले फिल्मको छायांकनका साथसाथै ब्राडफोडमा जोडिएर कम्पनीको सकारात्मक प्रोमोशन गर्ने बताइन्।
ब्राडफोडले नेपाली विद्यार्थीहरूलाई अन्य मुलुकमा अध्ययन गर्न जाँदा छात्रवृत्तिका लागि सहयोग गर्ने, उचित काउन्सिलिङ गर्ने, डकुमेन्ट प्रोसेसिङ्ग गरिदिने तथा टेष्ट प्रिपेरेसन कोर्षहरु समेत गर्ने गरेको छ।
विशेष गरि यस कन्सलटेन्सीले अष्ट्रेलिया ,अमेरिका ,क्यानडा, युके लगायतका मुलुकहरुमा अध्ययनमा जाने नेपालि विध्यार्थिहरुलाई सहि परामर्श दिने काम गर्दै आइरहेको छ। काठमाडौंको नया बानेश्वरमा मुख्य कार्यालय रहेको यस कन्सलटेन्सीले अमेरिकामा समेत ब्रान्च स्थापना गरि आफ्नो सेवा बिस्तार गरिरहेको छ।