रविको बचाउ गर्दै ओलीले भने : कांग्रेसले बदनाम गर्न खोज्यो

Facebook
Twitter
WhatsApp

६ चैत, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उनलाई बदनाम गराउने र फसाउने खेलमा लागेको आरोप ओलीको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछाने सहकारीको अनियमिततामा मुछिएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ ।

तर ओलीले भने सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको बताए । मंगलबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, ‘के उनी (लामिछाने) सहकारीमा छन् ? उनी सहकारीका सञ्चालक हुन् ? केही पनि छैन भने छानबिनमा कसरी प्रभाव पर्छ ?’

रवि लामिछाने र उनको पार्टी कांग्रेसतिर नलागेकै कारण फसाउन खोजेको दाबी गर्दै ओलीले यसलाई महत्व दिन आवश्यक नभएको बताए ।

बरु तत्कालीन समयमा कांग्रेसबाट भएका मन्त्रीले झण्डा हल्लाएर अख्तियारमा बयान दिन गएर छानबिन र अनुसन्धान प्रभावित गर्न खोजेको ओलीको दाबी गरे ।

 

प्रदेश सरकारको भागबन्डा र पार्टी एकताबारे सोधिएको प्रश्नमा उनले अनुमानका भरमा प्रतिक्रिया दिन नहुने बताए ।

प्रधानमन्त्रीमा आलोपालोमा भने ठट्टा गरे । ‘अहिले उहाँ (प्रचण्ड)लाई प्रधानमन्त्री बने हुन्छ भनियो’ ओलीले भने, ‘मलाई पनि त्यति मन लाग्या छैन, अरु कोही अगाडि सरेको पनि छैन । अब के गर्ने ? उहाँले खानुहोला जस्तो देखिन्छ ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top