सीआईबी प्रमुख र सुनकाण्डका आरोपी जिबन चलाउने बीच भएको अडियो सम्बाद फेला

Facebook
Twitter
WhatsApp

काठमाडौँ । केहि दिन अघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाएका एआईजी श्याम ज्ञवाली र अवैध सुन प्रकरणमा मुछिएका जीवन चलाउनेबीच कुराकानी भएको सीडीआर रिपोर्ट फेला परेको छ ।

सन् २०२३ को जुलाई ३ तारिखमा २७ मिनेट कुराकानीमा उनै चलाउनेसँग दुई करोड रुपैयाँ माग्ने र त्यसका लागि पटक पटक कुराकानी गरेको सीडीआर रेकर्ड फेला परेको हो ।

ज्ञवालीले आफू आईजीपी हुनुपर्यो भन्दै चलाउनेसँग पैसा मागेको विषयमा चलाउने स्वयंले पनि भिडियोमार्फत सार्वजनिक गरिसकेका छन् ।

यो विषयमा गत हप्ताको संसदमा नेपालि कांग्रेसले सुन तस्करमा संलग्न भनिएका जीवन चलाउने र सीआईबी प्रमुख श्याम ज्ञवालीका बीचमा दुई करोड लेनदेनको अडियो सार्वजनिक भएको भन्दै उनैलाई ब्युरोको प्रमुख बनाउनु शङ्कास्पद रहेको भन्दै बिरोध उठाएका थियो ।

सुन तस्करीको अनुसन्धानको क्रममा नियतवश प्रमाण नष्ट गरेको भन्दै सरकारले ब्युरोमा रहेकी एआईजी किरण बज्राचार्यको सरुवा गर्दै ज्ञवालीलाई सीआईबीमा ल्याएको थियो ।

उनी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा हुँदा आफूसँग दुई करोड रुपैयाँ मागेको र सो रकम नदिएपछि आफूविरुद्ध लागेको सुन तस्करीका प्रतिवादी रहेका चलाउनेले दाबी गरेका थिए ।

चलाउनेले एउटा भिडियो सार्वजनिक गर्दै व्यवसायी रवि केसीसहित आफूलाई पहिला बालुवाटारमा रहेको एक रेस्टुरेन्टमा बोलाएर पैसा मागेको र पछि घरमै बोलाएर ज्ञवालीले पैसा मागेको दाबी गरेका थिए ।

ज्ञवाली माओवादी केन्द्रको समर्थनमा प्रहरी महानिरीक्षकको प्रतिष्पर्धामा थिए । तर अन्तमा नेपाली कांग्रेसको दबाबमा वसन्त कुँवर प्रहरी महानिरीक्षक नियुक्त भएका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top