सभामुखलाई सांसदको प्रश्न : उपसभामुखमाथि अन्याय त भइरहेको छैन ?

Facebook
Twitter
WhatsApp

२० चैत, काठमाडौं । सभामुख देवराज घिमिरे विदेश जाँदा उपसभामुख इन्दिरा रानालाई प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने अधिकार नदिइएको भनी संसद्‌मा प्रश्न उठेको छ ।

जनता समाजवादी पार्टी (जसपा)की सांसद रेखा यादवले मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख विदेशमा रहँदा संसद् बैठक किन नचलाएको भनी प्रश्न गरेकी हुन् ।

सभामुख विदेश जाँदा उपसभामुख स्वदेशमै रहेको स्मरण गर्दै उनले प्रतिनिधि सभा नियमावलीको पालना किन नगरेको भनी सभामुखलाई प्रश्न गरेकी छन् । उनले भनिन्, ‘चैतको पहिलो साता सभामुख विदेश जाने भनेर हतार-हतार विधेयकहरू अगाडि बढाइयो । त्यसपछि लामो समय बैठक स्थगित भयो ।’

चैत ८ गते सभामुख देवराज घिमिरे नेतृत्वको १० सदस्यीय टोली स्वीट्जरल्यान्ड गएको थियो । त्यसअघि ७ गतेसम्म प्रतिनिधि सभाको बैठक चलेको थियो ।

सभामुख अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४८औं महासभामा सहभागी भएर १६ चैतमा मात्रै स्वदेश फर्किएका थिए । त्यसको दुई दिनपछि प्रतिनिधि सभाको बैठक १८ चैतमा बसेको थियो ।

सांसद यादवले भनिन्, ‘सार्वभौम सम्पन्न जनता भनी संविधानमा लेखिएको छ । तर के यसको अनुभूति यस सम्मानित संसद्ले गर्न पाएको छ ? नियमावलीले दिएको अधिकार सदनभित्र पालना भएको छ ?’

सभामुख विदेशमा रहँदा वा सभामुख कावु बाहिरको परिस्थितिमा हुँदा सभामुखले अधिकार दिएर उपसभामुखले प्रतिनिधि सभाको बैठक सुरू र अन्त्य गर्न सक्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा छ ।

सभामुखले विदेश जाँदा प्रतिनिधि सभाको बैठक चलाउने अधिकार उपसभामुखलाई नदिएकोमा यादवले भनिन्, ‘कतै हाम्रो उपसभामुखमाथि अन्याय त भएको होइन ?

उनले सभामुखलाई सोधिन्, ‘सभामुखको अनुपस्थितिमा किन उपसभामुखले सभा सञ्चालन गर्न नपाउने ? यो अधिकारबाट उहाँलाई किन वञ्चित गरियो ? के नियमावलीमा यही लेखिएको छ ?’

सांसद यादवले उपसभामुख महिला भएका कारण यस्तो व्यवहार गरिएको भन्दै सभामुखमाथि प्रश्न गरिन् । ‘कि उपसभामुख महिला भएर हो ? यदि महिला भएर हो भने संविधानमा लेखिएको अधिकारको कुरा कहाँ जान्छ ? महिलाको कार्यक्षमतामा सधैं शंका गर्ने ? संसद्‌मा समेत कार्यक्षमता देखाउन नपाउने ?’

सभामुख विदेश जाँदा उपसभामुखलाई सभा सञ्चालनको अधिकार नदिनु समग्र महिलालाई हेर्ने दृष्टिकोण र उसको क्षमतामाथि शंका गर्ने प्रवृति रहेको सांसद यादवले बताइन्

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top