कमलको ह्याट्रिक, आयरल्यान्ड ए १५७ रनमा अलआउट

Facebook
Twitter
WhatsApp

२१ चैत, काठमाडौं । नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरीको ह्याट्रिकसँगै आयरल्यान्ड ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ए लाई १५८ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस‍ जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ए ३८.३ ओभरमा १५७ रनमा अल आउट भयो ।

आयरल्यान्ड ए का केड कार्माइकलले ७७ बलमा ४ चौकासहित सर्वाधिक ५१ रन बनाए । निल रकले ३२ बलमा २ चौका र ३ छक्कासहित ३९ रन बनाए ।

ओपनर जेम्श म्याकुलम र स्टेफन डोहेनी १२/१२ रनमा आउट भए । पिटर मुरले २१ रन बनाए ।

नेपालको बलिङसामु आयरल्यान्ड ए का कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । नेपालका कमलसिंह ऐरीले ६.३ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ४ विकेट लिए ।

कमलले ३९ औं ओभरको पहिलो बलमा लियाम म्याकार्थीलाई डीप मिडविकेटमा साहबबाट २ रनमा क्याच, दोस्रो बलमा म्याथ्यु हम्फ्रेज र तेस्रो बलमा बेन ह्वाइटलाई बोल्ड गर्दै ह्याट्रिक लिए ।

२०२२ मा चोटपछि टोलीमा फर्किएका कमलले टी-२० पछि एकदिवसीयमा पनि उच्च प्रदर्शन गरेका हुन् । मौसम ढकाल र साहब आलमले दुई/दुई तथा रिजन ढकालले एक विकेट लिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top