नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले नेपालको राष्ट्रिय फुल लालीगुराँसबाट जुस उत्पादन सुरु गरेको छ । तर यसलाई हाललाई परीक्षणका रुपमा सुरु गरि पछि ब्यबसायिक रुपमा लगिने बताइएको छ।

गाउँपालिका अध्यक्ष शङ्कर थापाका अनुसार जसलाई पिउन योग्य हुन्छ कि हुदैन भनेर प्रमाणीकरणको परीक्षण प्रक्रिया अघि बढाइएको बताए । “जङ्गलमा प्रशस्त पाइने लालीगुराँसको फूल उपयोगविहीन हुने गरेकामा अब आर्थिकोपार्जनसँग जोड्ने उहाको भनाइ छ। गाउँपालिकाले किसानको आर्थिकस्तर वृद्धिका लागि यो वर्षदेखि सुरु गरेको हो। अध्यक्षसँग किसान सवलीकरण कार्यक्रम’मार्फत लालीगुराँसका फूलको सङ्कलन गरेर जुस उत्पादनमा शुरु गरिएको अध्यक्षले बताए ।
किसानको खेतबारी र जङ्गलमा झरेका फूल सङ्कलन गरेर त्यसलाई सरसफाइ गरी उमालेर र फिल्टर गरेर सेवनयोग्य जुस तयार गरिएको छ । आगामी दिनमा किसानलाई तालिम दिएर जुस मात्र नभई लालीगुरासको जाम समेत उत्पादनको योजनामा रहेको उहाले बताए ।
आयुर्वेदिक औषधिको रुपमा लालीगुराँसको फूलबाट उत्पादित जुस सेवनले घाँटीको दुखाइ कम गर्ने, रगतको मात्रा बढाउने, उच्च रक्तचाप रोक्ने, मिर्गौलासम्बन्धी रोगबाट बचाउने जस्ता स्वास्थ्य फाइदा दिने बताइन्छ ।