नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिमको मुख्यमन्त्रीमा लक्ष्मणकिशोर पछि कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् । नाउपाका रञ्जिता श्रेष्ठ पक्षधर रहेका उनले पनि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् । उनले नाउपा, नेकपा एमाले, माओवादी केन्द्र, स्वतन्त्रसहितका सांसदको समर्थन रहेको दाबी पेश गरेका छन् ।
यसअघि नाउपाकै रेशम चौधरी पक्षधर रहेका लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका थिए । उनले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थनमा प्रदेश प्रमुखसामु दाबी पेस गरेका थिए ।
नाउपामा पछिल्लो समय रेशम चौधरी दम्पति बीच पदिय बाडफाडमा अन्तरसंघर्ष चुलिदै गरेको देखिन्छ ,यसको असर मुख्यमन्त्री उमेदवारीमा पनि देखिएको छ।