गगन थापाले भने -साना पार्टीलाई निस्तेज पारौ

Facebook
Twitter
WhatsApp

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा साना पार्टी नरहने अवस्था सिर्जना गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
समुदायमा कांग्रेस अभियान अन्तर्गत धनगढीमा रेशम रञ्जिता विवादलाई संकेत गर्दै उनले साना पार्टीका कारण घर झगडा बढिरहेको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

राजनीतिका साना दोकानहरू बन्द गराउनुपर्ने अवस्था छ’ उनले भने । थापाले नेपाली कांग्रेसले आगामी एक वर्षसम्म सरकारमा जान नहुने बताएका छन् । ‘२०८१ सालभरि सिंहदरबारतिर फर्केर नहेरौँ । बालुवाटारतिर पनि फर्केर नहेरौँ’ उनले भने । थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एमालेले पनि गर्न नहुने बताएका छन् ।

गठबन्धन नगर्ने नीति लिँदा गुटबन्दी पनि अन्त्य गर्नुपर्ने उनले बताए । उनले सरकारमा जाँदा होस् या मन्त्री बन्दा गुट बलियो बनाउने गरी लागेको आरोप लगाए । ‘हाम्रो सदस्यता वितरणबाटै गुटबन्दी सुरु हुन्छ’ उनले भने ‘कांग्रेसको सदस्य बन्न कसैलाई रोक्नु हुँदैन ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top