नेपालगन्ज : लुम्बिनी प्रदेशको बाँकेमा यतिबेला नेकपा एमालेको वडादेखि पालिका हुदै जिल्ला अधिवेशनलाई व्यापकरुपमा चलिरेहको देखिएको छ । कतिपय वडा पालिका तहको भेला तथा त्यहाँबाट नगर तथा गाउँपालिका तहमा नेता छनोटका लागि प्रतिनिधी छान्ने काम भैसकेको छ ।
अहिले नेपालगन्ज उपमहनागरपालिकाको नगर अध्यक्षका लागि भने केही नेताबीच घम्साघम्सी देखिएको छ । जसमा अखिलको राजनीतिबाट उदाएका नेपालगन्ज नगर कमिटीका वर्तमान सचिव मोहित शाह अग्रपंक्तिमा देखिएका छन । वास्तवमै भन्ने हो भने आगामी दिनमा हुन लागेको एमाले नगर अधिवेशनमा मोहितको प्रतिस्पर्धी अरु कोही देखिदैनन र उनि एमाले को एकल इमान्दार नेता समेत हुन । तर केही नेताहरले आकाक्षा भने देखाएको हल्ला सुनिदै आएको छ ।

नगर अध्यक्षमा मोहितसँग् भिडन उषा थापा मिन मल्ल भास्कर काफ्ले भिम कडेल लागि परेको सुनिएको छ । यद्दपी मोहित शाह भने यसअिघदेखि नै अध्यक्षको उममेदवार रुपमा आफुलाई सार्वजनिक गर्दै आएका छन ।
बविद्यार्थी राजनीतिबाट आएका मोहित नगर सचिव भैरहदा जिल्लामा एमालेले केन्द्र प्रदेश र जिल्ला तथा नगरले आयोजना गरेका सबै कार्यक्रमा उत्तिकै सहभागि हुने सक्रिय युवा हुन । एमालेले चलाएको ग्रास रुटका क्रममा पनि उनले नगर क्षेत्रका मात्रै नभई जिल्लाभरकै बस्ती, टोल वडामा पुगेर नागरिकको भावना बुझने र उनीहरुका समस्या समाधानमा अग्रपंक्तिमा उभिदै लागिपरेका समेत हुन ।

बाँकेमा हुने एमालेका हरेक कार्यत्रममा अग्रंपक्तिमा देखिने कुशल, इमान्दार राजनीति सस्कार बोकेका सहयोगी युवा मोहित शाहलाई नै यतिबेला नेपालगन्ज उपमहानगरको एमाले नगर कमिटी अध्यक्ष बनाउनुपर्नेमा एमालेका तलदेखि माथि सम्मका नेता मात्रै होइन आम कार्यकर्ता र अन्य दलका शुभचिन्तकहरुको पनि भनाई रहेको छ । यसैले पनि मोहित नगर अध्यक्षका योग्य र बलिया उम्मेदवार रुपमा देखिएको एमाले नेता कार्यकर्ता नै बताउँछन ।