काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन अनावश्यक रहेको निष्कर्ष निकालेको छ ।
मंगलबार बिहान सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा बसेको रास्वपाको संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनको औचित्य नभएको निष्कर्ष निकालेको हो ।
बैठकमा उजुरी दिएको भरमा संसदीय छानबिन समिति बनाउँदै जाने नजिर बसाल्न नहुने कुरामा पार्टीको धारणा स्पस्ट बनाएको हो।
आज १२ बजे सभामुखले बोलाएको प्रमुख दलका शीर्ष नेताको बैठकमा संसदीय छानबिन समिति गठनका लागि पार्टीले समर्थन नगर्न धारणा बनाएको बैठकमा सहभागी सांसदहरुले जानकारी दिए।