कोरिया जानेको संख्या ह्वात्तै बढेसगै नयाँ कोटा थपिदै

Facebook
Twitter
WhatsApp

दक्षिण कोरिया नेपाली कामदारका लागि निकै आकर्षक गन्तव्य बन्दै गएको छ । कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत जाने कामदारले गर्ने काम तल्लो तहको भए पनि अन्य देशको तुलनामा उच्च ज्याला र सामाजिक सुरक्षाको व्यवस्था हुने भएकाले दक्षिण कोरिया आकर्षक गन्तव्य बन्न पुगेको हो ।

ईपीएस प्रणालीअन्तर्गत दक्षिण कोरियाले नेपालसहित १६ देशबाट कामदार लिइरहेको छ । अन्य देशमा इन्डोनेशिया, मंगोलिया, श्रीलंका, फिलिपिन्स, थाइल्यान्ड, भियतनाम उज्बेकिस्तान, पाकिस्तान, कम्बोडिया, चीन, बंगलादेश, किर्गिजस्तान, इस्ट टिमोर र लाओस छन् ।

अन्य देशको तुलनामा कोरियाली कम्पनीले नेपाली कामदार ठूलो संख्यामा लिएको तथ्यांकबाट पनि पुष्टि हुन्छ । ह्युमन रिसोर्सेज डेभलपमेन्ट सर्भिसेज अफ कोरियाका अनुसार हालसम्म ९९ हजार ९०० नेपाली नेपाली ईपीएस् अन्तर्गत कोरिया पुगेका छन् ।

सन् २००७ देखि २०१४ सम्म २७ हजार ५२९ नेपाली कोरिया गएका छन् । त्यस्तै २०१५ मा ५ हजार ८०८, २०१६ मा ८ हजार १९ र २०१७ मा ७ हजार ४७६ नेपाली कोरिया पुगेका हुन् । त्यस्तै २०१८ मा कोरिया जानेको सङख्यामा वृद्धि भएर ८ हजार ४०८ पुगेको छ । त्यस्तै २०१९मा ७ हजार ८८ र २०२० मा ९५५ जना नेपाली कोरिया गएका छन् ।

२०२१ मा भने सबै भन्दा कम नेपाली कोरिया गएका छन् । सो अवधिमा जम्मा ३८७ जना कोरिया गएका छन् । २०२२ मा १४ हजार ४९५ नेपाली कोरिया गएका हुन् । २०२३ मा भने १९ हजार ७३९ जना नेपाली कोरिया पुगेका छन् । जुन सङख्या हालसम्मै कोरिया जानेको उच्च पनि हो । सन् २०२३ मा कोरियाले ईपीएस प्रणालीअन्तर्गत १ लाख २० हजार विदेशी कामदारका लागि कोटा तोकेकोमा सो संख्यामा नेपाली लगेको ह्युमन रिसोर्सेज डेभलपमेन्ट सर्भिसेज अफ कोरियाले बताएको छ ।

त्यसो त सन् २०२४ का लागि १ लाख ६५ हजारको कोटा तोकिएको छ । विदेशी कामदारको कुल कोटा बढेसँगै नेपालले पाउने कोटा पनि बढेको छ । ईपीएस (कोरिया) शाखाका अनुसार नेपालको लागि सन् २०२४ मा जम्मा कोटा १३.२ प्रतिशतले बढेको छ ।

दक्षिण कोरियाले सन् २०२४ मै थप दुई नयाँ क्षेत्रमा नेपाली कामदार आफ्नो मुलुक लैजाने तयारी शुरु गरेको छ । जसअन्तरगत सेवा र वन क्षेत्र समावेश छन् ।

‘यो वर्षको अन्त्यतिरबाट सेवा र वनक्षेत्रमा पनि नेपाली कामदारले ईपीएसअन्तर्गत कोरियामा रोजगारीको अवसर गर्नेछन्,’ नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले बुधवार आयोजित पत्रकार सम्मेलनमा भने, ‘यसको लागि कोटा पनि निर्धारण भइसकेको छ ।’

सन् २००७ को जुलाईदेखि नेपाली कामदार कोरिया जान पाएका हुन् । उक्त वर्षमा नेपाल र दक्षिण कोरिया सरकारबीच मन्त्रीस्तरमा ईपीएस प्रणालीअन्तर्गत नेपाली कामदार कोरिया लैजानेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । यो सरकार–सरकारबीचको प्रक्रिया अन्तर्गत नेपालीहरू रोजगारीको लागि कोरियामा जान पाउँछन् । परराष्ट्र मन्त्रालयका अनुसार हाल कोरियामा करिब ४० हजार नेपाली कार्यरत छन् । तीमध्ये अधिकांश ईपीएसअन्तर्गत गएकाहरू छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top