नक्कली शैक्षिक प्रमाणपत्र बनाइ जापान गएका एक नेपालि पक्राउ, ३ महिना हिरासद पछि स्वदेश फिर्ता

Facebook
Twitter
WhatsApp

नक्कली सर्टीफिकेट प्रयोग गरेर वर्किङ्ग भिसामा जापान आएका एक नेपालि जापानमा पक्राउ परेका छन्।

चितवन स्थायी घर भएका दाहाल थरका एक नेपालीले वर्किङ्ग भिसामा जादा ब्याचालारको प्रमाण पत्र नक्कली भएको पाइए पछि त्याहाको प्रहरीले पक्राउ गरेको हो।

आज बिहान अर्थार्त मे ९ तारिकमा पक्राउ परेका दाहाल तिन महिना अगाडी मात्र जापान पुगेका थिए। उनि वर्किङ्ग भिसामा साईतामा केनको कुमागाया शीको एऊटा रिसाईकल कम्पनीमा कामदारको रूपमा आएका हुन् । जापानीज भाषाको खासै राम्रो ज्ञान नभएकोले उनले भिसा बापतको लागि भनेर दलाली मार्फत १३ लाख तिरेको गएको पारिवारिक स्रोतले जनाएको छ ।

नक्कली शैक्षिक कागजातहरु नेपालीहरुले प्रयोग गर्न सक्ने आशंकामा पछील्लो समय जापान अध्यागमन विभागले TU को आधिकारिक साईटमा रजिस्ट्रेसन नम्बर राखेर सक्कली वा नक्कली छानबिन गर्ने गरेको पाइन्छ ।

यसरि छानबिन गर्दा नक्कली पाइएमा सम्बन्धित व्यक्ति र नक्कली कागजात बनाई जापान ल्याऊन सहयोग गर्ने बिचौलिया समेत कानुनि कारबाहीमा पर्ने प्राबधान जापानमा छ। यस्तो केसमा सामान्यतया ३ महीना हिरासतमा राखेर डिपोर्ट गर्ने कानुन रहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top