०५ असार २०८१, मंगलबार

गृहमन्त्री रबि लामिछानेलाई संसदमा बोल्न दिने बिपक्षी मोर्चाको निर्णय ,संसदीय समितिबाट कांग्रेस ब्याक हट्ने संकेत

Facebook
Twitter
WhatsApp

गृहमन्त्री रवि लामिछानेलाई विपक्षी दलहरूको मोर्चाले उनीमाथि सहकारीका बारेमा उब्जेका प्रश्नबारे संसदमा बोल्न दिने निर्णय गरेको छ ।
बिपक्षी मोर्चाको आज बसेको बैठकले सो निर्णय लिएको हो ।

कांग्रेसले सहकारीका विषयमा रविमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित लगातार संसद अवरोध गर्दै आएको छ । रविले यस विषयमा संसदमा आफूले बोल्न पाउनुपर्ने अडान राख्दै आए पनि कांग्रेस तयार थिएन । तर, आज विपक्षी दलहरूको दोस्रो बैठक राखेको कांग्रेस यसमा लचिलो भएको हो ।

आज बसेको बैठकले रविले दिने जवाफमा प्रतिपक्षी दलहरू सहमत भएको खण्डमा संसदीय समितिको माग समेत फिर्ता लिने र संसद चल्न दिने समझदारी भएको छ । अन्यथा संसदीय समितिले पूर्णता नपाउन्जेल संसद चल्न नदिने बैठकले निर्णय लिएको बैठकमा सहभागी राप्रपा प्रबक्ता ज्ञानेन्द्र शाहीले बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Scroll to Top