कैलाश सिरोहिया पक्राउकाे बचाउ गर्दै ३१ सम्पादकको प्रधानमन्त्रीलाई संयुक्त पत्र

Facebook
Twitter
WhatsApp

काठमाडाैँ । विभिन्न सञ्चार गृहमा काम गर्ने ३१ सम्पादकहरु कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको केसमा प्रधानमन्त्रीलाई खुल्ला पत्र लेख्दै बिरोधमा उत्रिएका छन् ।

नागरिकता कीर्तेको जाहेरी पछि सिरोहियालाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो । उनलाई स्थलमार्ग हुँदै बुधबार बिहान जिल्ला अदालत धनुषा पु¥याएर अदालतमा पेश गरिएको छ । उनीमाथि नागरिकता किर्तेमा अनुसन्धान गर्न अदालतले केहीबेर अघि ३ दिन म्याद थप गरेकाे छ ।

तर, बुधबार सिरोहियाको बचाउमा ३१ जना सम्पादक/मिडिया मालिकरुले प्रधानमन्त्रीलाई खुला पत्र लेखेका छन् । खुला पत्रमा सिरोहियाको पक्राउ प्रेसमाथि दबाब सृजना गर्न खोजिएको र उनकाे नागरिकताकाे विषय प्राविधिक भएकाे दाबी गरिएकाे छ भने गृह मन्त्री रवि लामिछानेमाथि दोहोरो पासपोर्ट र सहकारी ठगीमा कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरिएको छ ।

कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं’ ३१ भाइ मिडिया सञ्चालकहरुले प्रधानमन्त्रीलाई बुझाइएको भनिएको पत्रमा भनिएको छ, ‘ एकैपटक दुई देशको राहदानी बोकेको गम्भीर कसुरमा उनी सजायका भागीदार थिए र छन् । सहकारीको रकम हिनामिना गरेको स्थापित गरेका छन्। सत्ता दुरुपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन्। हामी यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकृष्ट गराउन चाहन्छौँ र उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षतापूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षतापूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईंको जिम्मेवारी रहेको स्मरण गराउँछौँ ।’

उनीहरूले प्रधानमन्त्रीलाई कैलाशको गिरफ्तारीसँग रवि लामिछानेलाई जोडेर उनीमाथि कारबाही माग समेत गरेका छन् । ‘नेपाली सञ्चार जगतमा हामी लामो समय देखि नेपाली प्रेस माथिको हमला भएको भन्दै त्यसलाई नरोके लामो समयदेखि काम गरिरहेका हामी सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौं। र, त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्ने छैनौँ भन्ने पनि स्पष्ट गर्न चाहन्छौँ ।’

विज्ञप्ति जारी गर्ने पत्रकार र उनीहरुको संचार माध्यम :-

प्रतीक प्रधान – बाह्रखरी

शिव गाउँले – अनलाइनखबर

अमित ढकाल – सेतोपाटी

किरण नेपाल – खोज पत्रकारिता केन्द्र

युवराज घिमिरे – देशसञ्चार

सुधीर शर्मा

मदन लम्साल – अभियान

विमल गौतम – लोकान्तर

सागर पण्डित – नेपाल समाचारपत्र

राजाराम गौतम –

सुजित महत – उकालो

पूर्ण बस्नेत – नेपालखबर

बसन्त बस्नेत – अनलाइनखबर

हरिबहादुर थापा – बाह्रखरी

उमेश चौहान- कान्तिपुर

रामेश्वर बोहरा – उकालो

कोषराज कोइराला – रिपब्लिका दैनिक

गुणराज लुइँटेल – नागरिक दैनिक

रूपेश श्रेष्ठ – कान्तिपुर टिभी

अखण्ड भण्डारी– अन्नपूर्ण पोस्ट

विश्वास बराल– द काठमाडौं पोस्ट

सरोज मिश्र– राजधानी दैनिक

अरूण बराल– खबरहब

कमलदेव भट्टराई – अन्नपूर्ण एक्सप्रेस

प्रकाश रिमाल

कसमस विश्वकर्मा

सञ्जीव सतगैयां

विजय पौडेल– कान्तिपुर टिभी

रामप्रसाद दाहाल– रातोपाटी

दुर्गा खनाल– इकान्तिपुर

पुष्प दुलाल- क्लिकमाण्डु

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top