तार्केस्वर / तारकेश्वर -२ मा रहेको महादेव मन्दिरको जग्गा अतिक्रमण गरी बनाइएका घर-टहरा हटाउन दोस्रो पटक पालिकाले ७ दिने अल्टिमेटम दिएको छ।
तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले वडा नं. २ को तारुकाघाटस्थित तारकेश्वर महादेव मन्दिर परिसरभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका घर-टहरा भत्काउन उक्त निर्देशन दिएका हुन्।
यसअघि, ३५ दिनको समय दिएर सूचना जारी गरिएकोमा अटेर गरी बसेकाले अन्तिम पटक ७ दिनको समय दिइएको अध्यक्ष शिब अधिकारीले बताउनुभएको छ । अध्यक्ष अधिकारीले गाउँपालिकाकै नाममा स्थापना गरिएको सार्वजनिक गुठी र गाउँको सांस्कृतिक धरोहरको रूपमा रहेको मन्दिरको जग्गा अतिक्रमण गरी बस्ने कार्य सर्वथा अनुचित भएको भन्दै निर्धारित समय भित्र अटेर गरी सार्वजनिक जग्गा सकभर आफैले खाली गराउन अनुरोध गरेका छन्।
दोस्रो चोटी सुचना जारि गरेर अटेरी गर्नेहरुको हकमा प्रचलित ऐन कानुन बमोजिम तत्कालै कारबाही प्रक्रिया अघि बढाउने बताए । अटेरी गर्नेलाई अब डोजर नै लगाएर भएनी अबैध संरचना हटाउने तयारि गरिएको बुझिएको छ। पालिका भरिका सबै यस्ता संरचना अब काठमाण्डू महानगरका मेयर बालेनको शैलीमा गर्न लागिएको उनले बताए।
सुचना
