काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठीत कार्यदलमा नयाँ प्रस्ताव राखेको छ ।
सत्तापक्ष उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्न सहमत नदेखिएपछि कांग्रेसले कार्यदलमा नयाँ प्रस्ताव गरेको हो ।
आजको बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसले बैठकमा गृहमन्त्री लामिछानेको नाम नतोके पनि उहा संलग्न संस्थाहरू माथि छानबिन गरेर जान सकिने आधारहरू निर्माण गरेर जाने नयाँ प्रस्ताव राखेको हो ।
व्यक्तिका नाममा संसदीय छानबिन समिति बनाउँदा गलत नजिरको विकास हुने भएपछि कांग्रेसले नयाँ प्रस्ताव ल्याएको बुझिएको छ ।
‘सहकारीमाथि भएको अपचलनका बारेमा ‘व्यक्तिका नाममा संसदीय छानबिन समिति बनाउँदा व्यक्तिमाथि केन्द्रित गरेर, व्यक्तिलाई नै दोषी ठहर्याएर पहिले नै जाने कुरा व्यवहारिक हुँदैन, त्यो गलत नजिरको विकास हुन्छ भन्ने कुरा भएपछि कांग्रेसले अर्को प्रस्ताव ल्याएको बुझिएको छ ।’
सबै पक्षसग अतिरिक्त छलफल गर्नु पर्ने भएकोले केहि समयलाई आजको बैठक स्थगित गरिएको छ।