काठमाडौँ । सरकारले अगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा बजेट भाषण गर्दै सो आकारको बजेट घोषणा गरेका हुन् ।
बजेटमा चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात कुल बजेटको ६१ प्रतिशत बजेट विनियोजन भएको छ । यस्तै पुँजिगतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत, यस्तै वित्तिय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात १९.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
बजेटको स्रोतको रुपमा सरकारले राजश्वबाट १२ खर्ब ६० अर्ब ३० करोड, बैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड र ५ खर्ब ६७ अर्ब स्रोतको रुपमा कमी हुने रकममध्ये वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड र ३ खर्ब ३० अर्ब नपुग रकम आन्तरिक ऋणबाट उठाइने अर्थमन्त्री बताए ।