०५ असार २०८१, मंगलबार

कान्तिपुर पब्लिकेशनका सुरक्षा गार्ड मृत

Facebook
Twitter
WhatsApp

काठमाडौं । कान्तिपुर पब्लिकेशनको कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत फेला परेका छन् । कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत भेटिएका हुन् ।

मोरङ बूढीगंगा गाउँपालिका ४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयको सुरक्षा गार्ड कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका ९ घर भएका अन्दाजी ५० वर्षीय बलबहादुर बस्नेत रहेका छन् ।

उनी झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कोठाभित्रबाट चुक्कुल लगाइएको अवस्थामा कोठाको सिलिङ पङ्खामा झुण्एिको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Scroll to Top