काठमाडाैँ । सरकारले अब कानून बमोजिम इजाजत प्राप्त गरे पनि यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरु बोकेर हिड्न प्रतिबन्ध लगाएको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले प्रचलित कानून बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरु इजाजत बाहकले घर बाहिर लैजान नपाउने गरि निषेध गरिएको जानकारी दिइन्।