भारतमा गर्मीका कारण बझाङ्गका एक नेपालीको मृत्यु

Facebook
Twitter
WhatsApp

बझाङ । पछिल्लो समय बढेको अत्याधिक गर्मीका कारण भारतको नयाँ दिल्लीमा बझाङका एक पुरुषको मृत्यु भएको छ । बझाङको थलारा गाउँपालिका २ का ३५ वर्षीय गणेश बहादुर सायरको मृत्यु भएको हो ।

अधिकांश समय शरिरको रक्तचाप कम रहने उनी बिहिबार भने उच्च रक्तचाप भएको भन्दै अस्पताल भर्ना भएका थिए । बिहिबार बेलुका अस्पताल भर्ना भएका उनको शुक्रबार बेलुका निधन भएको हो ।

सायरको नयाँदिल्लीको फरिदावादस्थित आसकोट हस्पिटलमा उपचारको क्रममा निधन भएको भारतमा उनीसँगै काम गर्ने थलारा २ का लक्ष्मण थापाले बताए । ‘सधै विपि लो भयो भन्थे, तर बिहिबार भने उच्च रक्तचाप भयो भनेर आफै अस्पताल पुगेका थिए’ उनले भने, ‘अस्पताल भर्ना भएपछि उनलाई एक्कासी उच्च ज्वरो देखा परेको थियो । नाकमुखबाट रगत बगिरहेको थियो । डाक्टरले गर्मीको कारण मुटु फुटेको बताएका थिए ।’

सायरको फरिदावादमै शनिबार बिहान अन्त्येष्टि गरिएको छ । उनी फरिदावाद नजिकै एक होटेलमा खाना पकाउने र गाडि सफा गर्ने काम गर्दै आएका थिए । हाल फरिदावादमा थलारा गाउँपालिका २ का २ सय बढि पुरुषहरु मजदुरी कार्य गरिरहेका छन् ।
सायर रोजगारीको शिलसिलामा गत वर्ष भारत पुगेका थिए । उनी नयाँ दिल्लीनजिकै हरियाणा फरिदावादको बि ब्लकमा आफन्तसँग बस्दै आएका थिए । उनका दुइ सन्तान, श्रीमती र आमाबुवा बझाङमै बसोबास गर्दै आएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top