संदिपलाई अमेरिकाले भिसा नदिनु मुलुककै अपमान हो -सांसद शाही

Facebook
Twitter
WhatsApp

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्रबहादुर शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा नदिनु मुलुकको नै अपमान भएको कुरा आज संसदमा उठाएका छन् ।

सांसद शाहीले पञ्चशीलको सिद्धान्तविपरीत अमेरिकाले नेपाली खेलाडीलाई भिसा नदिएको बताए ।

‘जुन देशले विश्वकप आयोजना गर्छ त्यही देशले हाम्रो खेलाडीलाई अगाडि जान दिँदैन । आज हामीले के का आधारमा परराष्ट्र नीति बनाएका छौँ । परराष्ट्र नीति पञ्चशीलका आधारमा बनाएको हो की पार्टीको कार्यकर्ताको मेनोफेस्टोको आधारमा’, उनले आज संसदमा प्रश्न उठाए ।

सांसद शाहीले नेपालको बेइज्जत हुँदा पनि काम गर्न नसक्ने भन्दै खेलकुद, पराष्ट्रमन्त्री र मन्त्रालयको नैतिकतामा प्रश्न उठाए । ‘अदालतले न्याय दिन्छ, क्यानले नाम पठाउँछ, आईसीसीले स्वीकृत गर्छ, खेलाडीको भिसा लाग्दैन । अनि, प्रधानमन्त्री र मन्त्री देशको झण्डा हल्लाएर हिँड्न लाज लाग्दैन ?’, उनले भने,।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top