नेकपा एमाले नुवाकोटको अधिवेशन चलिरहदा प्रारम्भिक नामावलीमा अध्यक्ष पदमा तीन उम्मेदवारले आफ्नो नाम दर्ता गरेका छन् ।
अध्यक्ष पदमा यसरि नाम दर्ता गराउनेमा बद्री मैनाली, बुद्धिबहादुर प्रधान र माधवप्रसाद तिवारीले रहेका छन् ।
त्यस्तै उपाध्यक्षमा भने सुदर्शन नेपाल र राजेन्द्ररमण खनाल रहेका छन् । सचिवमा पनि दुइ जना निलकण्ठ आचार्य र शिवकुमार चित्रकारले उम्मेदवारी दर्ता गरेका छन् । उपसचिवमा भने तिन जना रमेशबहादुर वस्ती, वीरबल तामाङ र राजेन्द्रप्रकाश पाण्डे छन् ।
यस्तै महिला उपसचिवमा पार्वती प्याकुरेल, मंगलमाया प्रजापति र रुपा सापकोटाले उम्मेदवारी गरेका छन् ।
निर्वाचन समितिले आज साँझ ६ बजेदेखि निर्वाचन कार्यक्रम सुरु गर्ने निर्वाचन मुख्य अधिकृत मोहन खड्काले जानकारी दिए ।
नुवाकोटमा नेकपा एमालेले पहिलोपटक विद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको छ । निर्वाचनले बिभिन्न पदमा गरि ११२ उम्मेदवार चयन गर्नेछ ।यसपालिको अधिवेशनमा ६१२ मतदाता रहेका छन्