०५ असार २०८१, मंगलबार

गाँजा खेतिबारे नियमावली छिटो बनाउछौ – गृहमन्त्री लामिछानेको

Facebook
Twitter
WhatsApp

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न छिट्टै नै नियमावली बनाएर अघि बढ्न लागेको जानकारी दिए।

आगामी आव २०८१/८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गृहमन्त्री लामिछानेले यस विषयमा पर्याप्त छलफल भइसकेकाले अब छिटै नै कार्यन्वयनमा आउने बताए।

उनले भने, ‘गाँजा खेतीको औषधिजन्य र व्यावसायिक प्रायोजनका लागि अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउँदै छौँ । गाँजासम्बन्धी बहु आयामिक महत्वको अध्ययन गर्न अब एक महिनाभित्रमा अध्ययन समिति बनिसक्ने बताए।

गृहमन्त्री लामिछानेले गाँजासम्बन्धी कानुन बनाउँदा सामाजिक परिवेशलाइ पनि मध्यनजर गर्दै लागूऔषध दुर्व्यसनीमा फसेका र लागूऔषध ओसारपसारमा लागेकालाई फरक तरिकाले हेरिने कानुन बन्न लागेको जानकारी दिए ।

‘कोही कानुनी अनभिज्ञताका कारणले पनि जेल बसेका छन् । जनचेतनाको अभावले पनि दुर्व्यसनी तथा ओसारपसारमा लागेका छन् । यसबारेमा पनि गहिरिएर अध्ययन गर्दैछाैँ’, गृहमन्त्री लामिछानेले भन ।

समितिका सभापति डा आरजु राणा देउवाले गृहमन्त्री लामिछानेको प्रतिबद्धतालाई स्वागत गर्दै आगामी भदौसम्म नियमावलीका लागि समयावधि उपलब्ध गराएकी छन् । उनले भनिन्, “उक्त अवधिमा गृह मन्त्रालयले काम अघि नबढाए समिति अन्तर्गत उपसमिति गठन गर्नेछ । छलफलमा उठेका विषयलाई गृह र अर्थ मन्त्रालयलाई जानकारी दिने छौँ ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Scroll to Top