रास्वपा नुवाकोटका नेता तथा नेपालका पर्यटन व्यवसायी सुमन पाण्डे प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को अन्तर्राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका छन् ।
जुन ७ मा बसेको पाटाको साधारणसभाले पाण्डेलाई अन्तर्राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो । पर्यटनमा झन्डै ३ दशक बिताइसकेका पाण्डे यसअघि पाटा नेपाल च्याप्टरको अध्यक्ष रहेका थिए ।
जुन ७ मा भएको पाटाको साधारणसभाले पाण्डेलाई निर्विरोधरुपमा उपाध्यक्षमा निर्वाचित भएको घोषणा गर्दै कार्यसमितिमा अनुमोदन गरेको हो । ट्राभल व्यवसायीहरुको अन्तर्राष्ट्रिय संस्था पाटामा नेपाल सन् १९७५ देखि सदस्य रहेको छ । पाण्डे यसअघि सन् २०२० देखि २०२४ सम्म दुई कार्यकाल पाटको अन्तर्राष्ट्रिय सचिव तथा कोषाध्यक्षको भुमिकामा रहेका थिए ।
पाटाले एसिया तथा प्रशान्त क्षेत्रका लागि बाटो तथा तथा आपसी पर्यटकीय सम्भावना आदान प्रदान र व्यापार बिस्तारको क्षेत्रमा सदस्य राष्ट्रहरुलाई सहयोग गर्दै आएको छ ।
सन् १९७५ देखि पाटामा सदस्य रहेको नेपालले आफ्ना पर्यटकीय सम्भावनाहरुलाई अन्तर्राष्ट्रिय बजारीकरण तथा स्तरवृद्धिमा पाटाको सहयोग रहेको छ ।
नेपालको पर्यटन उद्योगमा पाण्डेलाई पायोनिएर व्यक्तित्वको रुपमा लिने गरिन्छ। नेपालको पर्यटनको सबै क्षेत्रमा आफ्नो ब्यबसायिक सफलता पाण्डेले प्राप्त गरिसकेका छन्। ट्रेकिङ, ट्राभल, हेलिकप्टर, वायुसेवा, होटल, रेष्टुरेन्ट लगायत क्षेत्रमा संलग्न पाण्डे यस अघि ट्रेकिङ एजेन्टस एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष, नेपाल पर्यटन बोर्डका सदस्य, एअरलाइन्स अपरेटर एशोसिएसन अफ नेपालका महासचिव, नेपाल पर्यटन वर्ष २०११ का कार्यकारी सदस्य समेत रहिसकेका छन् ।
सुमन बिक्रम पाण्डे पछिल्लो समय राजनीतिमा पनि सक्रिय छन्। गत चुनाबमा नुवाकोट क्षेत्र नं २ बाट रास्वपाका प्रतिनिधि सभा सदस्यका उमेदवार पाण्डेले एमालेलाई पछि पार्दै झन्डै १७ हजार मत प्राप्त गरेका थिए।