नुवाकोट एमाले अध्यक्षमा पुन : मैनाली

Facebook
Twitter
WhatsApp

नेकपा (एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली बिजयी भएका छन् । हिजो(शुक्रबार ) सम्पन्न पार्टीको आठौँ जिल्ला अधिवेशन अन्तर्गत भएको मतदानमा मैनाली पुन: दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

जम्मा खसेको पाँचसय ९२ मतमध्ये मैनालीले तीनसय ४५ मत प्राप्त गरेका थिए । उहाँका प्रत्यासीद्वय बुद्धिबहादुर प्रधानले दुईसय ३७ र माधवप्रसाद तिवारीले जम्मा दश मत प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्षमा राजेन्द्ररमण खनाल, सचिवमा शिव चित्रकार, उपसचिवद्वय राजेन्द्रप्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित हुनुभएको छ ।

अधिवेशनमा विभिन्न ३१ पदमा ८४ जना उम्मेदवार निर्वाचित भएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top