बझाङ। वर्षा याम लागेसगै विपद् व्यवस्थापनको उद्धारका लागि नमुना अभ्यास गर्ने क्रममा सेती नदीमा डुबेर एक प्रहरी जवानको मृत्यु भएको छ ।
बझाङ्ग सदरमुकाम चैनपुर नजिकै सेती नदीमा नमुना अभ्यास देखाउने क्रममा सशस्त्र प्रहरी बलका जवान नरेन्द्रसिंह धामीको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक भरत शाहका अनुसार केदारस्यूँ गाउँपालिका–७ खिकीरीका बासिन्दा रहेका धामी अभ्यासको क्रममा सेती नदीको बीच भागमा खसेर ज्यान गएको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला रेडक्रस र नेपाली सेनाले आज यहाँ संयुक्तरुपमा प्राकृतिक विपदका बेला बाढीमा फसेकाहरुको उद्धार सम्बन्धि नमुना अभ्यास देखाएको थियो । सोही क्रममा धामी डुबेर बेहोस भएका थिए । बेहोस भएका उनलाई जिल्ला अस्पताल लगिए पनि बचाउन भने नसकिएको बताए ।