क्रिकेटर सन्दिपलाइ सुटुक्क क्यानडा किन पठाइयो ?

Facebook
Twitter
WhatsApp

काठमाडौँ । नेपालका स्टार स्पिनर सन्दीप लामिछाने विश्वकप खेल्दै छन् । अमेरिकाले भिसा नदिएपछि वेस्ट इन्डिजमा उनले विश्वकप खेल्ने पक्का भएको छ । तर उनको यो यात्रा भने रोचक तरिकाले भयो ।

सन्दीप एक हप्ताअगाडि नै सुटुक्क क्यानडा प्रस्थान गरेको रहस्य आज मात्रै क्यानका अध्यक्ष चतुर बहादुर चन्दले खुलासा गरेका छन् । सन्दीप विश्वकप खेल्न वेस्ट इन्डिज जान लागेको विषयलाई क्यानले अत्यन्तै गोप्य राख्यो । यसका पछाडि धेरै कारणहरू छन् ।

क्यानडामै रहेका बेला ७ जूनमा फेसबुकमा सन्दीपले मनकामना मन्दिर दर्शन गरेको फोटो राखे । सबैले अनुमान लगाए, विश्वकप खेल्न नपाएका सन्दीप मन्दिर डुल्दै मन भुलाइरहेका छन् । तर, त्यस बेला सन्दीप क्यानडामा अभ्यास गरिरहेका थिए ।

क्यान अध्यक्ष चन्दले एक अन्तरवार्तामा एक हप्ताअगाडि नै सन्दीप नेपालबाट प्रस्थान गरेको खुलासा गरेपछि यो विषय बाहिर आएको हो ।

सन्दीपको वेस्ट इन्डिज यात्राबारे चन्दले भने– ‘अफिसियल्ली हिजो मात्रै वेस्ट इन्डिज पुगेको हो । तर, एक हप्ता अगाडि नै उ नेपालबाट हिँडेको कसैलाई थाहा थिएन । टोरन्टोबाट वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टका लागि रेगुलर फ्लाइट हप्तामा एक दिन मात्रै हुँदो रहेछ । क्यानले चार्टर फ्लाइट गर्न सक्ने अवस्था थिएन । त्यसैले उसलाई एक हप्ता अगाडि नै बोलाएर राखियो ।’

क्यानडामा सन्दीपलाई क्रिकेट एकेडेमीमा राखिएको थियो । त्यहाँ उनले नियमित अभ्यास गरिहरेका थिए । चन्दका अनुसार नेपालका भूतपूर्व प्रशिक्षक पुबुदु दासानायकेले सन्दीपलाई सहयोग गरेका थिए ।

सन्दीपलाई वेस्ट इन्डिज पुर्‍याउन क्यानका सचिव पारस खड्का र म्यानेजर विनोद दासलाई आफूले सबै जिम्मा दिएको थियो ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top