काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौंका सामूदायिक विद्यालयले भाडामा लगाएका सटरहरु बन्द गराउन थालेसगै परेको रिटमा उच्च अदालत पाटनले तत्काल उक्त सटरहरुलाई बन्द नगर्न आदेश दिएको छ ।
न्यायाधीश लेखनाथ पौडेलको इजलासले ७ असार सम्मका लागि सामूदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरु बन्द नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।
शैक्षिक कामकारवाहीका लागि उपयोग हुनुपर्ने ठाँउमा भाडामा लगाएको भन्दै महानगरपालिकाले सटरहरुमा ताला लगाएको हो ।
नगर प्रहरीले व्यवसायीहरुका सटर तान्दै ताला लगाउन थालेपछि तुलसीप्रसाद अगस्तीले मंगलबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।