काठमाडाैँ । निर्वाचन आयोगको आयुक्तमा नुवाकोट तारकेस्वर -३ का कृष्णमान प्रधान नियुक्त भएका छन् । आइतबार बसेको संवैधानिक परिषदले निर्वाचन आयोगको रिक्त आयुत्त पदमा प्रधानलाई नियुक्त गर्न सिफरिस गरेको हो ।
सिंहदरबारमा बसेको परिषदको बैठकले आयोगको आयुक्तमा प्रधानलाई नियुक्त गर्न सिफारिस गरेको परिषदकी सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा रानाकाले बताइन् । त्यस्तै अन्य संवैधानिक अंगको पदाधिकारीमा भने नियुक्तिको सिफारिस भएको छैन ।प्रधान पेशाले कानुन ब्यबसायी समेत हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा बसेको बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति थियो।