ट्यांकर चालकहरुको आन्दोलन स्थगित ,साँझबाट सबै पम्प खुल्ने

Facebook
Twitter
WhatsApp

काठमाडौँ । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकहरुको आन्दोलन स्थगित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसहित भएको छलफलमा चालकका मागको बारेमा अध्ययन गर्न एक समिति बनाउने निर्णय भए पछि उनीहरुले आन्दोलन स्थगित गरेका हुन् ।

आन्दोलनरत पक्षसग दुई हप्ता भित्र समस्या समाधान गर्ने गरी सहमति भएको छ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सात बुँदे माग राखेर ढुवानी नगरेपछि आइतबारदेखि उपत्यकाका पेट्रोल पम्पमा डिजेल र पेट्रोलको अभाव भएको हो ।

चालक तथा सहचालकले मजदुरहरूको श्रम ऐन अनुसार नियुक्ति दिई नेपाल सरकारले तोके अनुसारको तलव व्यवस्था गर्नुपर्ने, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, तापक्रमको सही व्यवस्थापन गर्नुपर्ने लगायतका माग अघि सरेर आन्दोलन गरेका थिए ।

आइतबारदेखि व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी रोक्दा अहिले बजारमा चरम अभावको अवस्था छ । साझा, नेपाल प्रहरी, नेपाली सेनाको पेट्रोल पम्पमात्रै खुल्दा ती पम्पहरुमा तेल भर्नेको भीड लागेको छ ।

आज बसेको वार्ता सहमतिमा पुगेसगै अब आज साँझसम्म निजी पम्पहरुले पनि वितरण थाल्ने बताइएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top