भारतीय चर्चित गायिका अलकालाइ लाग्यो दुर्लभ रोग

Facebook
Twitter
WhatsApp

काठमाडौं । चर्चित भारतीय गायिका अलका याज्ञनिकलाई दुर्लभ न्युरो रोग लागेको छ । यो रोगका कारण अहिले उनको सुन्ने क्षमता गुमेको छ ।
गायिकाले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूलाई दुर्लभ सेन्सरी न्युरल नर्भ श्रवणशक्तिको समस्या भएको जानकारी दिएकी छन् ।

पोष्टमा गायिकाले लामो समयदेखि आफू निष्क्रिय रहनुको कारण पनि खुलाएकी छिन् । उनले आफ्ना फ्यान तथा अन्य कलाकारहरूलाई चर्को स्वर बज्ने गीत संगीतबाट टाढा रहन सुझाव दिएकी छिन् । आफू किन गायब भएको भनेर सोधिरहने फ्यान, साथी, फलोअर्स र शुभचिन्तकहरूका लागि भन्दै उनले सो पोष्ट गरेकी हुन् ।

गायिकाले केही हप्ता अघि हवाई यात्रा गरेर विमानबाट ओर्लिर्ने क्रममा आफूले केही सुन्न नसकेको गायिकाले महसुस गरेकी थिइन् । डाक्टरलाई देखाउँदा भाइरल आक्रमणका कारण गायिकालाई दुर्लभ सेन्सरी नर्भ हियरिङको समस्या भएको देखियो ।

पोष्टको अन्त्यमा गायिकाले मानिसहरूलाई चर्को आवाज नसुन्न र हेडफोन कम प्रयोग गर्न सल्लाह दिएकी छिन् । कुनै दिन व्यावसायिक जीवनले स्वास्थ्यमा पारेको हानिबारे कुरा गर्ने पनि उनले बताएकी छिन् ।

सबैको माया र सपोर्टले पुनः आफ्नो जीवनलाई ट्र्याकमा फर्काउने आशा गरेको पनि पोष्टमा अल्काले भनेकी छिन् । गायिकाको यो पोष्टमा सोनु निगम, इला अरुण लगायत चर्चित गायक-गायिकाहरूले कमेन्ट गरेका छन् ।

गायिका अल्का ८०-९० को दशकका गीतहरू आज पनि सुपरहिट छन् । धेरै पुस्ता बितिसक्दा पनि अल्काको गीतप्रतिको आकर्षण घटेको छैन ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top