नुवाकोट। राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटले पार्टी स्थापनाको दोस्रो वार्शिकोत्सबको अवसरमा आज बृहत खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ।
नेपाल रेड क्रस सोसाइटी रक्त संचार सेवा केन्द्र नुवाकोटको प्राबिधिक सहयोगमा आज अर्थार्त असार ५ गते उक्त रक्तदान कार्यक्रम गरिएको हो।
बिदुर- ४ बट्टार हावाघरमा आयोजना गरिएको यस कार्यक्रममा ४० जना भन्दा बढी रक्तदाताहरु सहभागी रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा सर्बसाधारण ,स्थानीय ,पार्टीका बिभिन्न संगठनमा आबद्द पदाधिकारीहरुको उपस्थिति रहेको रास्वपा जिल्ला सभापति रामेश्वर गजुरेलले जानकारी दिनु भयो। पार्टीले यति मात्र नभई देशव्यापी रुपमा बिबिध कार्यक्रमहरु गरि स्थापना दिवस मनाइरहेको छ।