बेलकोटगढीमा हाइटेन्सनले लियो बालिकाको ज्यान

Facebook
Twitter
WhatsApp

नुवाकोटको बेलकोटगढी नगरपालिका- १३ कि एक बालिकाको हाइटेन्सन लाइनमा परि मृत्यु भएको छ। बाख्रा चराउन गएका बेला हाइटेन्सन लाइनमा परेर करेन्ट लागेकी १३ वर्षीया बालिका इन्दिरा राईको मृत्यु भएको हो ।

शनिबार दिउसो ३ बजे भएको घटना भएलगत्तै उनलाई कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका लागि ल्याइएको थियो । बुधबार दिउँसो २ बजे उनको मृत्यु भएको आफन्तहरुले जानकारी दिए।
६६ केभीको त्रिशूली बालाजु ग्रिड अन्तर्गतको हाइटेन्सन लाइनको चार्जिङ करेन्टले तान्दा ति बालिका बेहोस भएकी थिइन्।

नुवाकोटस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयका कर्मचारीका अनुसार बाख्रा चराउने क्रममा बालिका अग्लो ढिस्कोमा बस्न खोज्दा करेन्टले तानेको बताए।

‘ढिस्को र लाइनको बीचमा ग्राउण्ड क्लियरेन्स कम भएको कारण त्यहाको चार्जिंग करेन्टले ति बालिकालाई प्रभाब पारेको कर्मचारी इन्द्र जिसीले बताए।

बालिकाको घरायसी आर्थिक अवस्था कमजोर भएकोले उपचार गरिदिन प्राधिकरणको मीन भवनस्थित शाखामा निवेदन दिइएको भए पनि त्यहाँका कर्मचारीले वास्ता नगरेको आफन्तले आरोप लगाएका छन् ।

‘५ लाख डिपोजिट गर्नुपर्छ भनेको थियो, हामीसँग त्यति पैसा थिएन,’ बालिकाको उपचारमा सहजीकरण गर्दै आएका स्थानीय रमेश पाण्डेले भने, ‘पैसा भएको भए हिजै भेन्टिलेसनमा राखिदिने कुरा थियो ।’

उनले स्थानीय तहको सिफारिस र अन्य दस्तावेजसहित प्राधिकरणको शाखा अफिस मीनभवनमा उपचारका लागि सहजीकरण गरिदिन निवेदन दिइएको भए पनि त्यहाँका कर्मचारीले असहयोग गरेको गुनासो गरे ।

कार्यालय प्रमुख श्रीराम पाण्डे युरोप भ्रमणमा भएकाले अहिल्यै केही गर्न नसकिने जवाफ पाएको पाण्डेको भनाइ छ ।
घटनापछि प्राधिकरणले उक्त लाइनको तार तानेर केही माथि लगिसकेको छ भने त्यहाँ माटो र बालुवा थुपारेर ढिस्को बनाउने ठेकेदारलाई ढिस्को हटाउन भनिसकेको छ ।

करेन्ट लागेकी बालिकाको उपचारभन्दा पनि प्रमाण मेटाउन प्राधिकरण लागिपरेको आरोप मृतक बालिकाको आफन्तले लगाएका छन् ।
प्राधिकरणका प्रवक्ता चन्दन घोषले प्रक्रियासहित आएको भए मात्र प्राधिकरणले बालिकाको उपचारमा सहयोग हुने बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top