ग्रामिण सडकमा अब बक्स सोलिङ्ग सस्तो र बलियो बन्दै

Facebook
Twitter
WhatsApp

धेरैलाई थाहा नहुन सक्छ उकालो र खास गरि ग्रामिण सडकको लागि बक्स सोलिङ पिच निकै उपयोगी र बलियो भएको पाइएको छ।

सडकको दायाँबायाँ र बीचमा रड र सिमेन्टको बीम बनाएर बीचमा स्थानीय स्तरमै पाइने ढुंगाको प्रयोग गरेर गरिएको सोलिङ बक्स सोलिङ हो । हरेक सातदेखि आठ मिटरमा तेस्रो बीम राखिन्छ । यो कम बजेटमा बलियो ढलान भएको पाइएको छ। यसको प्रयोग दोलखाको मेलुङ गाउँपालिका पवटीको उकालो सडकमा गरेर प्रमाणित गरिसकेको छ। यो नेपालका हरेक पालिकाको लागि एक अति उत्तम साबित हुने देखिएको छ।

जहाँ ठाडो उकालो छ र ढलान गर्न पनि पर्याप्त बजेट नभएका ठाउँमा यस्तो सोलिङ निकै प्रभाबकारी मानिन्छ । बीम बराबरको सोलिङ गरेपछि सडक बलियो देखिएपछि यस वर्ष हरेक वडामा यस्तो सोलिङ गरिएको मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकरले जानकारी दिए । ‘गत वर्ष नमुनाको रूपमा केही सडकमा मात्रै यस्तो सोलिङ गरेका थियौं,’ उनले भने, ‘बक्स सोलिङ अन्य सोलिङभन्दा बलियो र टिकाउ देखिएकाले यस वर्ष धेरै ठाउँमा गरेका छौं ।’

बक्स बनाएर सोलिङ गर्दा सडक पनि बलियो हुने र ढुंगा पनि राम्रोसँग बस्ने भएकाले यसमा ध्यान दिएको उनले बताए । खण्ड खण्डमा एक किलोमिटरभन्दा बढी बक्स सोलिङ गरेको उनले बताए । चालु आर्थिक वर्ष एक किलोमिटर जति ढलान गरेको पनि उनले जानकारी दिए । गाउँपालिकाले चालु आर्थिक वर्षमा सडकमा मात्र सात करोड ८० लाख विनियोजन गरेको छ । यसले सात किलोमिटर सोलिङ भएको छ ।

सोलिङ भएको ठाउँमा गाडी र मोटरसाइकल नउफ्रियोस भन्नाका लागि बलौटे माटो वा बालुवा हाल्ने गरिएको छ । माटो र बालुवा हाल्दा सोलिङ गर्दा ढुंगाको चेपमा भरिएर सडकसमेत बलियो हुने प्राविधिकको भनाइ छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top