शिवपुरी । शिबपुरी गाउँपालिकाले स्थानीय किसानलाई नि शुल्क बाख्रा वितरण गरेको छ। अपाङ्गता भएका स्थानीयलाई बाख्रा पालन गरि आर्थिकोपार्जनमा सहयोग पुगोस भन्ने उदेश्यले उन्नत जातका बाख्रा वितरण गरेको हो।
पालिकाको आर्थिक सहयोगमा समुदायमा आधारित पुनःस्थापन कार्यक्रम अन्तर्गत स्थानीय १ वडा देखि ८ वडा सम्मका १० जना अपांगता भएका ब्यक्तिहरुलाइ उक्त बाख्रा बितरण गरेको पालिकाले जनाएको छ ।
यसरि वितरण गरिएका सम्पुर्ण बाख्रालाई नि शुल्क बिमा समेत गराईएको पालिकाका अध्यक्षले जानकारी दिनुभयो।