नुवाकोट बेलकोटगढी नगरपालिकाको दोश्रो नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पास गरेको छ । सोमबार सभाध्यक्ष एंव नगरप्रमुख जगतबहादुर गुरुङले पेस गरेको नीति तथा कार्यक्रम सभाले सर्वसम्मत पास गरेको हो।
नगरप्रमुख जगतबहादुर गुरुङले पेस गरेको बजेटमा कृषिमा आधुनिकीकरण तथा व्यावसायिकरण, शिक्षामा गुणस्तर सहितको सिप र प्राविधिक तथा स्वास्थ्यतर्फ नगरभित्रै सर्वसुलभ उपचार सेवाको पहुँचमा नगरबासीलाई समावेश गर्ने उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रमबारे कार्यक्रमका प्रमुख अतिथि कानून न्याय तथा मानवअधिकार समितिका सभापति एंव प्रतिनिधिसभा सदस्य बिमला सुवेदीले शुभकामना दिदैँ पारदर्शी रुपमा कार्यान्वयन जान सुझाब दिनुभयो ।
कार्यक्रममा प्रदेससभा सदस्य रामप्रसाद ढुङ्गाना, संविधानसभा सदस्य जगदिश्वरनरसिंह केसी, पूर्व सांसद् नारायणप्रसाद खतिवडा, पूर्व प्रदेश मन्त्री तथा पूर्व सांसद् केशव पाण्डे, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, बेलकोटगढीको निवर्तमान नगरप्रमुख राजेन्द्ररमण खनाल तथा राजनीतिक दलका प्रतिनिधिहरुले कार्यान्वयन सफलता शुभकामना दिनुभयो।