तिन दलका शिर्ष नेताहरुको हिजो र आज भएको भेटघाटले नयाँ गठबन्धनको सरकार बन्ने देखिएको छ।
हिजो कांग्रेस सभापति शेर बहादुर देउवा र आज प्रधानमन्त्रि प्रचण्ड सग भेटघाट गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्री प्रचण्डलाई प्रस्ताव गरेका छन्। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई शिर्ष नेताबीच भएको भेटवार्तामा अध्यक्ष ओलीले सो प्रस्ताव गरेका हुन्।
यस अघि कांग्रेस र एमालेका दोश्रो तहका नेताबीच पटक- पटक संवाद भएर परिस्थिति तयार भएपछि दुई ठूला दलका शिर्ष नेताको भेटवार्ता भएको बुझिएको छ। स्रोतले दिएको जानकारी अनुसार विशेषगरी भारतलाई कन्फ़िडेन्समा लिएरै दुई शिर्ष नेताले भेटवार्ता गरेका हुन्। सो भेटमा देउवाले ओलीलाई कांग्रेस र एमाले मिलेर सरकार बनाउने प्रस्ताव गरेका हुन्। सुरुमा केपी ओली प्रधानमन्त्री बन्ने र त्यसपछि देउवाको नेतृत्वमा सरकार बनाउने गृहकार्य भएको बुझिएको छ ।
ओलीले कांग्रेस सभापतिले आफूलाई प्रधानमन्त्री प्रस्ताव गरेको कुरा प्रचण्डलाई बताएपछि प्रधानमन्त्री प्रचण्डले भने कांग्रेससंग मिल्नुभन्दा यहि गठबन्धनको प्रधानमन्त्री बन्न ओलीलाई प्रस्ताव गरेको बुझिएको छ। जवाफमा ओलीले अहिले देशको अर्थतन्त्र र तरल राजनीतिक परिस्थतिको समीक्षा गर्दा राष्ट्रिय सहमतीको सरकारको आवश्यकता रहेको र कांग्रेसले आफूलाई प्रधानमन्त्री अफर गरिसकेको बताए।