बाढीले उर्लिएको नारायणी नदिको पुलबाट आज एक पुरुष नदीमा हाम फालेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (आइतबार) बिहान १०ः४० बजेको समयमा साइकलबाट झरेर अन्दाजी ५० वर्षीय एक पुरुष पुलबाट नदीमा हाम फालेका हुन् ।
साइकल चढेर आएका ति पुरुष पुलमै साइकल छोडेर हाम फालेको प्रत्यक्ष दर्शीले बताएर।
पुलबाट नदिमा हाम फालेर बेपत्ता भएका पुरुषको पहिचान नखुलेको र उक्त स्थानमा हाल प्रहरी टोली खटाइएको प्रहरीले जानकारी दिएको छ ।
पुलमा उनले छाडेको साइकल, चप्पल, टोपी लगायतका सामान फेला परेको छ ।