कुटेर ६ वर्षीय बालकको हत्या

Facebook
Twitter
WhatsApp

सुनसरी : जिल्लामा छ वर्षीय बालकको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका-३ विस्थापित टोलका ४५ वर्षीय विर बहादुर विश्वकर्मा रहेका छन्।

सोही स्थान बस्ने बिक्रम विकको ६ वर्षीय छोरा अबि विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

विर बहादुरले मादक पदार्थ सेवन गरी अबिलाई कुटपिट गर्दा घाइते भई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएका थिए।

कुटपिटको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरीले उनलाई विरबहादुरलाई पक्राउ गरेको थियो।

कुटपिटबाट घाइते अबिको प्रतिष्ठानमा उपचारको क्रमममा मृत्यु भएपछि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top