सहरी विकासमन्त्री प्रकाशमान सिंहले सुरक्षा निकायहरुसग भेटेर ब्रिफिंग लिएको बारे सवत्र बिरोध

Facebook
Twitter
WhatsApp

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले तीन वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएपछि अहिले सर्वत्र आलोचना भइरहेको छ ।

बुधबार सिंहदरबारमा साँझ उपप्रधानमन्त्री सिंहले तीन सुरक्षा निकायका प्रमुखसँग भेट गरेको तस्बिर राख्दै लेखेका छन्, ‘मन्त्रालयमा तीन वटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकसँग भेटघाट गरी देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको छु ।’

नेपाल प्रहरीका महानिरीक्षक आईजी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापासँग आफूले भेटघाट गरेको तस्बिर सिंहले फेसबुकमा राखेको स्ट्याटस्मा राखिएको छ ।

आफ्नो मातहतमा नै नरहेका सुरक्षा निकायका प्रमुखलाई बोलाएर ब्रिफिङ लिएको भन्दै सिंहको सामाजिक सञ्जाल र मिडियामा आलोचना भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी गृह मन्त्रालय मातहत पर्छन् भने राष्ट्रिय अनुसन्धान विभाग भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत पर्छन् ।

धेरैले मन्त्री सिंहले फेसबुकमा लेखेको ‘देशको पछिल्लो सुरक्षा अवस्थाबारेको जानकारी लिएको’ भनेर लेखेको वाक्यलाई धेरैले अस्वभाविक भनेका छन् ।

प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली छन् भने गृहमन्त्री नेपाली कांग्रेसका नेता रमेश लेखक छन् ।

आलोचना भएपछि सिंह निकटका नेता कार्यकर्ताहरूले भने त्यो बधाई भेट मात्र भएको भन्दै ढाकछोप गरिरहेका छन् । सिंहका स्वकीय सचिव युपी लामिछानेले भेट बधाईका लागि मात्रै भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

सुरक्षा मामलामा जानकारहरू सहरी विकासमन्त्री सिंहले सुरक्षा निकायका प्रमुखसॅग ब्रिफिङ लिन नमिल्ने बताउँछन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top