काठमाडौ । काठमाडौँको त्रिभुवन विमानस्थलमा भर्खरै जहाज दुर्घटना भएको छ । काठमाडौँबाट पोखरा उड्ने क्रममा १९ जना सवार सौर्य एअरको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको हो ।
अहिले विमानस्थलको आकाशमा धुवाँको मुस्लो देखिएको छ ।
जहाजका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।
आगलागी भएको स्थानमा अहिले सुरक्षाकर्मी खटिएका छन्। दमकलको सहयोगमा आगलागी नियन्त्रण प्रयास भइरहेको छ ।