सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदै छन्।
गत असार २० गते नेकपा (एमाले) ले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका सोडारीले आज विश्वासको मत लिन लागेका हुन ।
सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। तर, केन्द्रमा कांग्रेससँग सत्ता गठबन्धन बनेसँगै एमालेले सरकार छोडेपछि उनी अल्पमतमा परेका थिए ।
सोडारीले संसदबाट विश्वासको मत नपाउने लगभग निश्चित छ । सोडारी पदमुक्त भएसँगै प्रदेशको नेतृत्व काँग्रेसले गर्ने काँग्रेस एमालेबीच सहमति भइसकेको छ ।